दीपलाई संगीतकार संघको २ लाख सहयोग

गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने भएको छ । कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष पारस मुकारुङले जानकारी दिएका छन् ।
अध्यक्ष मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् । दुई हप्ता ह्याम्स अस्पतालमा कोभिड उपचार गराएर घर फर्किएका दीप भ्वाइस अफ नेपालमा कोचका रुपमा काम गरिरहेका छन् ।