अनमोलसँग खेल्लान त बलिउड अभिनेता सुनिल सेट्टी

कोरोनाका कारण फिल्मी क्षेत्र ठप्प रहेका बेला फिल्म ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्मका लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको बताएका छन् ।

उनका अनुसार निर्देशन गर्न लागेको तेश्रो फिल्म ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको हो । सुनिलसँग निर्देशक भट्टले फिल्मका बारेमा कुराकानी भएको जानकारी समेत दिइसकेका छन् । निर्देशक भट्टले सुनिलसँग एक साताको समय माग गरिएको समाचार बाहिरिएको छ ।

निर्देशक भट्टको निर्देशनमा भन्ने तेस्रो फिल्म ‘एक्स ९’मा सुनिललाई खलपात्रका रुपमा अफर गरिएको हो । फिल्मा अभिनेतामा अनमोल केसीलाई अफर गरिएको छ । यो फिल्मको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने निर्माणपक्षले जनाएको छ । फिल्मको छायांकन तिहारपछिबाट थाल्ने निर्माण पक्षले जानकारी दिएको छ । अहिलेसम्म बलिउडका स्टारले नेपाली फिल्ममा अभिनय गर्छन् त भन्ने प्रश्न उठ्न थालेको छ । बलिउड अभिनेताले नेपाली फिल्ममा अभिनय गर्नु नेपाली फिल्म क्षेत्रका लागि केहि अवस्य नै हुनेछ ।