मनोहर सुनामको संगीतमा ‘हिजो आज’

गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको छ । लकडाउनको समयमा गीतसंगीतहरु खासै बजारमा नदेखिए पनि गीतकार खतिवडाले भने यो गीतलाई सार्वजनिक गरेका हुन् ।

हिजो आज गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ भने बानिका प्रधानको स्वर रहेको छ । गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका हुन् ।

स्टुडियो साउन्ड डिजाइनमा रेकर्ड गरिएको उक्त गीतको भिडियोको छायाँकन तथा सम्पादन सुरेश पन्तको रहेको छ । यो गीतको भिडियो म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो ।

गीतकार चेतन खतिवडाका योभन्दा पहिला पनि धेरै गीतहरु बजारमा आइसकेका छन् । गीतकार संघ नेपालको कार्यसमिति सदस्यसमेत रहेका खतिवडा पछिल्लो समय आफ्नो गीति लेखनलाई बजारमा सशक्त रुपमा उतारिरहेका छन् ।