फिल्म ‘एभरेष्ट’मा इवान म्याकग्रिगरले अभिनय गर्ने

हलिउड अभिनेता इवान म्याकग्रिगरले फिल्म ‘एभरेष्ट’मा अभिनय गर्ने भएका छन् । उनले दिवंगत ब्रिटिस पर्वतारोही जर्ज मेलोरीको भूमिकामा यो एडभेञ्चर फिल्ममा अभिनय गर्न लागेका हुन् ।

फिल्मको निर्देशन ‘द बर्न आइडेन्टीटी’ निर्देशक डाउग लिमानले गर्दैछन् । कथा लेखनको काम ‘अप इन द एयर’ लेखक शेल्डन टर्नरले गर्नेछन् ।

फिल्ममा मार्क स्ट्रङ र साम हुइगनले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन् । फिल्मका लागि छायाँकार मार्टिन रुहे, ओस्कार विजेता संगीतकार टी बोन बर्नेट र प्रोडक्सन डिजाइनर ओलिभर स्कोल छनोट भएका छन् ।

आगामी जुलाई ६ देखि १७ सम्म आयोजना हुन लागेको ‘कान्स फिल्म फेस्टिभल’मा हुने कान्स भर्चुअल मार्केटमा फिल्मको घोषणा गरिनेछ । फिल्मको छायांकन आगामी वर्षदेखि यूके र इटालीमा हुनेछ ।

जर्जले सन् १९२० को सुरुवातमा तीनवटा ब्रिटिस पर्वतारोही टोलीको समूहमा सगरमाथा आरोहण गरेका थिए ।