मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषणा गरिएको छ । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बधाई दिदै पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको बताएका हुन् ।