चौध व्यत्तीबाट अभिनेत्रीमाथि यौन शोषण

फिल्ममा अभिनय गर्ने कलाकार यौन शोषणमा पर्ने गरेको समाचार बेला बेलामा आइरहन्छन् । तर, को बाट यौन शोषण भएको हो भन्ने कुरा खुलेर कुरा गर्दैनन् । तर, मलयालम फिल्मकी एक अभिनेत्रीले किटानका साथ तस्विर सहित आफु यौन शोषणमा परेको खुलाशा गरेकी छन् ।

अभिनेत्री रेवती सम्पतले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौन शोषण गरेको खुलासा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत सबैको नाम र तस्विर सार्वजनिक गर्दै यि व्यत्तीबाट आफु यौन शोषणमा परेको खुलासा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार सिद्दिकी, निर्देशक राजेश टचरिलर और डीवाइएफआइ नेता नन्दी अशोकनको नाम समेत उल्लेख गरेकी छन् । उनले भनेकी छन,‘म यहाँ व्यावसायिक, व्यक्तिगत र साइबर स्पेसका माध्यमबाट शोषण गर्ने व्यक्तिको नाम खुलाइरहेकी छु । यी व्यक्तिले मेरो शारीरिक, मानसिक र भावनात्मक रुपले शोषण गरेका छन् ।’ मलयालम भाषामा लेखिएको यो कुरा अहिले भाइरल नै भएको छ ।

उनले राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) ले यौन शोषण गरेको दाबी गरेकी छन् । यसअघि पनि कलाकार सिद्दिकीमाथि यौन शोषणको आरोप लागिसकेको छ । तर, सिद्दिकीमाथि कुनै कानूनी कारवाही भएको थिएन । रेवतीको खुलासापछि उनका फ्यानहरु सिद्दिकीसहित अन्यलाई कारवाहीको माग गरिरहेका छन् । अव कारवाही हुन्छ की भन्ने धेरैले अपेक्षा गरेका छन् ।

https://www.facebook.com/revathy.sampath.16/posts/2562973334012383