अजय देवगणले किने ६० करोडमा घर

बलिउड अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् । उनले मुम्बईको जुहु इलाकामा ६० करोड मुल्य बराबरको घर किनेका छन् । अजयको नयाँ घर शिवशक्ति घरबाट नजिकै रहेको छ ।

अजयले भावेश बालकृष्ण बालिया नामका रहेको घर किनेको भारतिय समाचारले बताएका छन् । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा पास गरिदिएका छन् । बलिउडमा सिंघमका नामले परिचित अजयको २०२० मा ‘तानाजी’ फिल्म हेरेपछि दर्शकले अर्को फिल्म हेर्न पाएका छैनन् ।

उक्त फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । अजयका केहि फिल्म रिलिजको तयारीमा रहेका छन् । फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका फिल्म रिलिजका तयारीमा रहेका छन् ।