वर्षाले पनि थालिन ‘मेलम्ची राहत अभियान’

अविरल वर्षासँगै आएको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको एकसातापछि कलाकारहरु पनि मेलम्चीको पीडामा मल्हम लगाउन अगाडि बढेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरुवात गरेकी छन् ।

बाढीपिडितका लागि सहयोग जुटाउनका लागि ‘मेलम्ची राहत अभियान’ चलाएकी छन् । जसमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । सामाजिक सञ्जालमार्फत उनले चाँडै दाताहरुको नाम सार्वजनिक गर्ने समेत जानकारी दिएकी छन् । वर्षाले सबै विवरण पारदर्शी राख्ने प्रतिबद्धता जनाएकी छन् ।
यता अभिनेत्री श्वेता खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाएर आर्थिक संकलन गरिसकेकी छन् । उनले शुक्रवार गाडी नजाने ठाउँमा हेलिकप्टर र गाडी जाने ठाउँमा टिप्परमार्फत् बाढी पीडितलाई राहत वितरण गरेकी छन् । अभिनेत्री पूजा शर्मा , स्वस्तिमा खड्का , दीपाश्री निरौला लगाउतका कलाकारहरुले समेत राहत वितरण गरिसकेका छन् ।