क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म छनोट

न्यूयोर्कको प्रतिष्ठित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा प्रदर्शनका लागि दुई नेपाली फिल्म छानिएका छन् । मिथिला शर्मा, सरीता गिरी लगायतको अभिनय रहेको बसन्जी एक थ्रिलर फिल्म छानिएको हो । छनोटमा परेका फिल्ममा नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीको कथा समेटिएको छ । यसका अधिकांश पात्रहरु भुटानी नै छन् ।

इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित सरीता र अमेरिकी इयान स्कटद्वारा निर्माण, निर्देशन गरिएको फिल्म बसन्जीलाई क्वीन्स फिल्म फेस्टिभलमा प्रिमियर गरिनेछ । यस फिल्म आगामी जुन २६ र २७ तारिकमा प्रिमियर हुनेछन् । फिल्म समीक्षकहरुले दुवै फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

उनीहरुका अनुसार दुईमध्ये बसन्जीलाई अवार्डको मुख्य दावेदारको रुपमा हेरिएको छ । आयोजकको भनाई अनुसार यी दुवै फिल्महरु न्यूयोर्कको क्वीन्समा अवस्थित शेर्पा किदुग हलमा प्रदर्शन गरिनेछ । अन्तराट्रिय क्षेत्रमा नेपाली फिल्म प्रदर्शन हुन लाग्नु र अवार्डको दावेदार हुनुलाई गौरवका रुपमा समेत लिएको फिल्मकर्मीले बताएका छन् ।