फ्यानको माग पुरा गरे कमेडियन कपिल शर्माले

भारतिय कमेडियन कपिल शर्मालाई केहि समय देखि उनका फ्यानले एक चिजको माग गरेका थिए । जुन माग उनले आइतबार फ्यानको एक डिमान्ड पुरा गरेका छन् । उनले फ्यानहरुले डिमान्डमा आफ्नो छोरा त्रिशानको तस्बिर पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गर्न पटक पटक आग्रह गरेका थिए ।
जुन कुरा उनले हिजो सामाजिक सञ्जालमार्फत तस्बिरमा उनको काखमा छोरो त्रिशान र छोरी अनायरा केक काट्दै गरेको सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको तस्विरमा तीनै जनाले सेतो कलरको टिसर्ट समेत लगाएका छन् ।

कपिलले तस्बिर शेयर गर्दै लेखेका छन् ‘पब्लिकको जोडदार डिमान्डका कारण अनायरा र त्रिशान पहिलो पटक एकसाथ ।’ निकै खुसी मुन्द्रामा देखिएका कपिल आफ्नो फ्यानको माग परेको गरेको भन्दै दंग देखिएका छन् । कपिल र उनकी पत्नी गिन्नी चतरथ गत १ फेब्रअरीमा त्रिशानको आमाबुबा बनेका थिए ।
आफु बुवा र पत्नी गिन्नी बुवा आमा भएको कुरा कपिल आफैले सामाजिक संजाल माफर्त दिएका थिए । तर छोरोको तस्बिर शेयर गरेको भने थिएनन् । फ्यानहरुले छोराको तस्विर सार्वजनिक गर्न पटक पटक माग राखेपनि उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । कपिल र गिन्नीले २०१८ को डिसेम्बर महिनामा बिवाह गरेका थिए । २०१९मा उनीहरु पहिलो पटक छोरीको अभिभावक बनेका थिए ।