फिल्म ‘आरआरआर’काे सुटिङ पुनः सुचारु

बाहुबली फ्रेन्चाइज फिल्मका निर्देशक एसएस रामामौलीकाे निर्देशनमा बन्दै गरेको फिल्म ‘आरआरआर’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो ।

कोरोना भाइरसको दोस्रो लहरले गर्दा रोकिएको फिल्म सुटिङ पुनः सुचारु भएकाे हाे ।

सरकारले सुटिङका लागि अनुमति दिइसकेको छ ।

जुलाई अगस्टमा कोरोना भाइरसको तेस्रो लहर आउने आशंका गरिएको छ । तेस्रो लहर नआउँदै फिल्मको बाँकी सुटिङ सक्ने ध्यानमा फिल्मकर्मी हुनेछन् ।

आरआरआरमा जुनिअर एनटिआर, राम चरण, आलिया भाट, अजय देवगण लगायतका अन्य कलाकारको अभिनय रहनेछ । फिल्मको बजेट ३२५ भारु रहेको छ । फिल्म अक्टोबर १३ मा रिलिज गर्ने प्रस्ताव राखिएको छ ।