थलापति विजय एक सय करोड पारिश्रमिक लिने साउथ स्टार

अभिनेता विजय आजदेखि ४७ बर्ष लागेका छन् । साउथका सुपरस्टार थलापति विजय आज आफ्नो जन्मदिन मनाउँदैछन् । विजयको सक्कली नाम जोसफ विजय चन्द्रशेखर हो । फिल्मी दुनियामा उनी थलापति विजयको नामबाट परिचित छन् ।

उनको जन्मदिनको अवसरमा उनको ६५ औं फिल्मको घोषणा गरिएको छ । विजयको नयाँ फिल्म ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उनले एक सय करोड पारिश्रमिक लिएका छन् ।

२२ जुन १९७६ चेन्नइको तमिलनाडुमा जन्मिएका विजयले फिल्म करिअरमा थुप्रै रेकर्ड राखेका छन् । विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् ।

आउँदो फिल्म ‘थलापति ६५’का लागि उनले एकसय करोड पारिश्रमिक लिएका छन् ।

५० प्रतिशत अकुपेन्सीमा हल खुलेको समयमा उनी अभिनित फिल्म ‘मास्टर’ रिलिज भएको थियो, जसले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो । यो फिल्मले विश्व बजारबाट २ सय करोड कमाई गरेको थियो ।

पारिश्रमिकको मामलामा उनले अभिनेता रजनीकान्तलाई समेत पछि पारेका छन् ।

विजयले साउथका सुपरस्टार रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएका छन् । रजनीकान्तले फिल्म ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएका थिए । विजयले ‘थलापति ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका छन् ।

विजयका पिता चन्द्रशेखर कलिउडका चर्चित निर्देशक हुन् । विजयले आफ्ना पिताको १५ फिल्ममा काम गरेका छन् । जसमा, उनले ६ फिल्ममा बाल कलाकारको रुपमा काम गरेका छन् ।

विजय रजनीकान्तका ठुलो फ्यान हुन् । १९८५ मा आएको रजनीकान्तको फिल्म ‘नान सिवापु मनिथन’मा उनले बालकलाकारको रुपमा काम गरेका थिए ।

१८ सालको उमेरमा विजयले फिल्म ‘नालैथ्या थीरपु’बाट डेब्यू गरेका थिए ।

फिल्ममा उनको नामनै विजय थियो । यो नामबाट उनले ८ फिल्ममा काम गरेका थिए । विजयले अहिलेसम्मको करियरमा ६५ फिल्ममा काम गरेका छन् । ति मध्य धेरै बक्सअफिसमा हिट साबित भएका छन् ।

विजयकी आमा शोभा चन्द्रशेखर गायिका हुन् । विजय पनि एक राम्रो गायक हुन् । फिल्म ‘थुपक्की’मा उनले गाएको गीत ‘गुगल गुगल’ निकै हिट भएको थियो । यो गीतको कारण विजयले सबैभन्दा पपुलर तमिल गीतका अवार्ड समेत हात पारेका थिए ।