बलिउड अभिनेत्री कंगनालाई झट्का

बलिउड अभिनेत्री कंगना रनावतलाई झट्का लागेको छ ।

प्रायः विवाद र चर्चामा आइरहन रुचाउने अभिनेत्री कंगना  यसपटक पासपोर्ट नवीकरण नभएपछि अदालत गएका कारण चर्चामा छिन्।

समाचारमा जनाइएअनुसार एक फिल्मको सुटिङका लागि हंगेरी जानुपर्ने र आफ्नो पासपोर्टको म्याद सेप्टेम्बरमा सकिने भएका कारण उनी पासपोर्ट नवीकरणका लागि राहदानी विभाग पुगेकी थिइन्। तर, उनको नाममा बान्द्रा प्रहरी स्टेसनमा एफआईआर दर्ता भएका कारण राहदानी विभागले आपत्ति जनाउँदै उनको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको थियो।

सुटिध्रका लागि बाहिर गइरहनुपर्ने आफ्नो पासपोर्ट नवीकरण नभएपछि कंगना आफू एक अभिनेत्री भएका कारण विदेश गइरहनुपर्ने भएकाले पासपोर्ट नवीकरण गरी पाऊँ भनेर न्यायको माग गर्दै भारतको उच्च अदालतको ढोका ढकढक्याउन पुगेकी हुन्। तर, अदालतले आफ्नो पासपोर्टको म्याद सकिन लागेको अन्तिम घडीमा याचिका दर्ता गरेको र याचिका नै गलत भएको बताएपछि कंगनालाई झट्का लागेको छ। मंगलबार अदालतले उक्त उजुरीमाथि सुनुवाइ गर्दै यस मामलामा अहिले कुनै राहत नदिइएको र नयाँ तरिकाले याचिका दायर गर्न आग्रह गर्दै आगामी सुनुवाइ जुन २५ मा हुने जनाएको समाचारमा उल्लेख छ।

कंगनाका वकिल रिजवान सिद्दिकीका अनुसार उनी १५ जुनदेखि १० अगस्टसम्म हंगेरीमा रहनुपर्ने थियो। तर, पासपोर्ट नवीकरण नभएपछि मंगलबार हंगेरी पुग्नुपर्ने कंगना स्वदेशमै अड्किएकी छिन्। केही दिनअघि मुम्बईको बान्द्रा प्रहरीले देशद्रोह फैलाएको भन्दै उनीविरुद्ध एफआरआई दर्ता गरेको थियो।