आफुलाई मेगास्टार भन्न रुचाउने कलाकार महामारी तथा विपत्तीमा चुपचाप

नेपालमा भुकम्प, कोरोना महामारी देखि बाढीपहिरोले आम नागरिकलाई प्रभावित बनाइरहेको छ । यसमा थुप्रै कलाकारहरुले राहत बाँड्ने देखि लिएर पिडितको मनमा मलम लगाउने काम गरिरहेका छन् । तर, मेगास्टारका रुपमा आफुलाई ठान्ने केहि कलाकारहरु भने गुमनाम नै रहन रुचाउनछन् ।

५० लाख देखि माथी ७५ लाखसम्मको पारिश्रमिक लिने कलाकार अनमोल केसी कोरोना महामारी र बाढिपहिरोको विपत्तीमा कतै निस्किएनन् । उनले फिल्मका प्राविधिकहरु भोकभोकै बसेको बेला एक रुपैया पनि सहयोग गरेको सुनिएन । त्यस्तै, अर्का अभिनेता प्रदीप खड्का पनि यसबारेमा खासै चासो राख्दैनन् । उनी कतै सहयोग जुटाउन होस् या सहयोग गर्न कतै पनि झुल्किएनन् । उनको फिल्ममा पारिश्रमिकको डिमान्ड पनि कम छैन । उनी पनि ५० लाख भन्दा कम पारिश्रमिकमा कुनै फिल्ममा काम गदैनन् । डिमान्डेट कलाकारहरु यो विपत्तीको महामारीमा आफुलाई मेघास्टारकै रुप ठानिरहे ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि यस विषयमा खासै चासो देखिएन । उनले बाढिपिडित होस् या कोरोना महामारी यसबाट आम दर्शक तथा आफ्ना फ्यानका लागि कुनै सन्देश प्रवाह गरिनन् । न कतै उनले राहत नै बाँड्न गइन् । उनी आफुलाई स्टार कै रुपमा घरमा नै बसेर सामाजिक संजालबाट अनलाइन कपडा विक्री गर्दै आएकी साम्राज्ञीको यो समयमा पहिरनकै प्रमोशन ब्यस्त रहिन् ।

नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद हो । यि बाहेक थुप्रै कलाकार आफ्नै क्षेत्रमा सक्रिय रहेका प्राविधिकहरुलाई पनि सहयोग गरेनन् । जो एक छाँकटार्न कििठन हुँदा पनि वास्तै गरेनन् ।

उनीहरुकै हाराहारीमा पारिश्रमिक लिने पुष्प खड्का सामाजिक काममा सक्रिय रहे । आफुलाई कलाकारहरुको बीचमा भिन्न रुपमा प्रस्तुत भए । अभिनेता पल शाह पनि अक्सिन अभावमा अक्सिन संकलन र वितरणमा सक्रियतादेखि खानेकुरा वितरण, बाढी प्रभावितलाई सहयोग वितरणमा कलाकारको सक्रिय रहे ।
अभिनेत्री करिश्मा मानन्धर, दीपाश्री निरौला,पुजा शर्मा, स्वस्तिमा खड्का, लगायतले भने बाढिपिडित तथा फिल्म क्षेत्रका पर्दा पछाडी काम गर्ने प्राविधिकहरुलाई राहत वितरण गरिरहे । त्यस्तै फिल्मकर्मी मिलन चाम्स,अभिनेता आकास श्रेष्ठ लगायत पनि यसमा सक्रिय रुपमा काम गरे । टेलिसिरियल हर्केहवल्दारको खम्बे टिमले पनि राहत वितरण गरिरह्यो भने अर्को हास्य सिरियल सक्किगो नी सक्रिय रुपमा लागे ।