‘सत्यनारायणकी कथा’मा कार्तिक आर्यनको इन्ट्री

बलिउड अभिनेता कार्तिक आर्यनले नयाँ फिल्मका लागि अनुबन्धित भएका छन् । भारतीय मिडियाका अनुसार कार्तिकले साजिद नाडियाडवाला र नमह पिक्चर्सले निर्माण गर्न लागेको फिल्म ‘सत्यनारायणकी कथा’ साइन गरेका हुन् ।

एकपछि अर्को फिल्म छाडेका कार्तिकले केहि दिन अघि धर्मा प्रोडक्शन र रेड चिल्ली इन्टरटेन्मेन्टको फिल्म छाडेका थिए । उनले यसरी फिल्म छाड्न थालेपछि कार्तिकको करिअर बलिउडमा डगमगाउन थालेको चर्चा चलेको थियो । अव भने यो फिल्म छाड्ने हुनकी भन्ने धेरैलाई लाग्न थालेका छन् ।
राष्ट्रिय चलचित्र अवार्ड जितिसकेका निर्देशक समिर विद्यवानले निर्देशन गर्ने यो फिल्ममा नाडियाडवालाले पहिले पटक कार्तिकसँग सहकार्य गर्न लागेका हुन् । समाचारमा उल्लेख भए अनुसार यो फिल्मलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण हुने छ ।

यस फिल्ममा अनुबन्धित भएका कार्तिकले आफूले साजिदसँग काम गर्न चाहिरेको बताउँदै यो प्रोजेक्टमा जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले निकै अघिबाट आफुलाई साजिदसँग काम गर्ने इच्छा रहेको र अहिले आएर मिलेको बताएका हुन् । फिल्मका लागि अन्य कलाकार पक्का तय गरिएको छैन ।