प्रियंकाको खुसी

अभिनेत्री प्रियंका कार्कीलाई जति खुसी अरु कसलाई होला र ? उनले आमा बन्न लाग्दाको खुसी सामाजिक सञ्जालमा पोखिरहेकी छन् । हरेक दिन केहि न केहि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेकी छन् ।

कहिले आफ्नो र आफ्नो पेटमा भएको बच्चाको आकार बनाएर गर्भको नाइटोबाट पाइपको सहाराबाट जुस पिलाएको तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्छिन त कहिले बेबी सावरको केट काट्दै साथीहरुसँग रमाइलो गरिरहेकी हुन्छिन् ।आज पनि प्रियंकाले इन्स्टामा उत्कृष्ट ‘बेबी सावर’ को आयोजना गरेकोमा श्रीमानलाई धन्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’
अघिल्लो वर्ष अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गरेकी प्रियंका पहिलो सन्तानलाई जन्म दिन आतुर रहेको रहेकी छन् ।

https://www.instagram.com/priyanka.karki/?utm_source=ig_embed&ig_rid=63213199-1f7f-4745-a955-1c1ecf2fb3bd