लुक्सका कारण भाइरल भइन् शिल्पा

लुक्सको कारण चर्चामा आइरहने बलिउड अभिनेत्री हुन् शिल्पा सेट्टी । उनले आफ्नो लुक्सलाई जस्तै तरिकाले बनाएपनि उनी परफेट देखिन्छन् । जसका कारण हरेक मान्छेहरु उनको सुन्दरतामा लोभिने गर्दछन् ।

हालै उनले आफ्ना फरक लुक्सका केही तस्बिर सार्वजनिक गरेकी छन् । टोप र ब्राउन स्कर्टमा देखिएकी शिल्पा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् । हिल र ओपन हेयर्सका साथ खिचाएको तस्विरमा उनी निकै हट देखिएकी छन् ।

उनी पछिल्लो समय फिल्म ‘हंगामा २’मा देखिँदैछिन् । यसमा उनसँगै मीजान जाफरी र परेश रावल पनि छन् । फिल्मको २३ जुलाइमा रिलिज हुँदैछ ।