प्रियंकाको गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा मस्ती

नेपाली फिल्म क्षेत्रमा सधैँ चर्चामा आइरहन रुचाउने नाम हो प्रियंका कार्की । उनी हरेक कुरामा चर्चामा आइरहन रुचाउने नेपाली अभिनेत्री हुन् । अहिले निषेधाज्ञाका कारण न फिल्म न म्युजिक भिडियो कुनैमा पनि अन्य कलाकार चर्चामा आउन सकेका छैन ।

जति उनी चर्चामा रहेकी छन् । उनी चर्चामा आउनुको मुख्य कारण हो प्रियंका आमा बन्दैछिन् । गर्भावती भएको थाहा पाएदेखि अहिलेसम्म उनको चर्चा चलिरहेको छ । कहिले बेबी सावरका कारण चर्चामा रहेकी छिन् कहिले पेटभित्रको बच्चालाई बाहिरबाटै जुस खाएको तस्विरले ।
आज प्रियंका दिनभर जसो केहि तस्विरहरु उनका भाइरल भइरहेका छन् । आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा मस्ती गरिरहेको तस्विरका कारण चर्चामा रहेकी छन् ।

स्वीमिङको फोटो भएकाले सबैले स्विमसुट लगाइरहेको पनि देख्न सकिन्छ भने उनको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमी लगायत अरुलाई पनि देख्न सकिन्छ । उनको यो कार्यलाई धेरैले राम्रो मानेका छैनन् । उनलाई सामाजिक सञ्जालमा उडाइरहेका छन् ।

कमेन्टकर्ताले प्रियंकालाई ‘इज्जत छैन ? ’ भनेर पनि प्रश्न सोधिरहेको सञ्जालमा देख्न सकिन्छ । उनको तस्विरमा फेसबुक प्रयोगकर्ताले ‘तिमीले पनि उत्पात गर्न लागेउ बरु नर्मल तरिकाले छिटो बेबी पाएर फोटो राख भन्ने खाल्का प्रश्न गर्दै बधाई दिएका छन् ।