प्रियंकाको जन्मदिनमा निकको वाइन उपहार

बलिउड अभिनेत्री प्रियंका चोपडाको जन्मदिन विषेश बनेको छ । उनको जन्मदिनको दिन उनका श्रीमान् निक जोनसले पठाएको उपहारले विषेश चर्चा पायो ।
कारण हो निकले प्रियंकाको जन्मदिनमा वाइन गिफ्ट गरेका थिए । निकले अमेरिकाबाट प्रियंकालाई १९८२ शेटो मुटेन रोथशील्डको वाइन पठाएको चर्चाले अहिले बलिउड तातेको छ ।

भारतिय मिडियाका अनुसार यो दुर्लभ वाइन फ्रान्सको बोर्डोमा बनाइन्छ । जसको मुल्य १० हजारदेखि १३ हजार पाउन्ड रहेको छ । आफ्नो ३९ औं जन्मदिन मनाएकी प्रियंकाले त्यो वाइन धेरै माया भन्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् । अहिले प्रियंका छायांकनका क्रममा लण्डनमा रहेकी छन् ।