‘केटो अली कमाउने होस्’ले पायो अन्तराष्ट्रिय अवार्ड

नेपाली म्युुजिक भिडियो निर्देशकले पनि अन्तराष्ट्रिय अवार्ड पाउन थालेका छन्। हालै भएको भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोश्रो रोशनी रिल्स अन्तरराष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा उनले ‘केटो अली कमाउने होस्’ बोलको गीतको भिडियोबाट विधान कार्कीले अवार्ड हात पारेका छन् । उनलाई ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड प्रधान गरिएको हो ।

महोत्सवमा विश्वका करिब सय भन्दा बढी म्युजिक भिडियोहरु प्रतिस्पर्धामा विधानद्धारा निर्देशित ‘केटो अली कमाउने होस्’ छानिएको थियो । उनको यो भिडियो उत्कृष्ट ५ को मनोनयन केही दिन अघि सार्वजनिक गरिएको थियो । जसमा निर्देशक कार्कीले अन्य ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जित्न सफल भएका हुन् ।

अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा सुनिल कटुवाल र समिक्षा अधिकारीको स्वर रहेको छ । साथै गीतको भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीको अभिनय देख्न सकिन्छ । विधानका अनुुसार फिल्म एडुकेशन र वेलफेर फाउन्डेशन ए बढले आयोजना गरेको महोत्सवमा भारत, लेबनान, हङकङ, नर्वे, स्विडेन लगायतका फिल्मकर्मीहरुको निर्णायक मण्डलले छानेका थिए ।