सलोन बस्नेतको निर्माणमा ‘‘हेल्लो ब्रो’ टिभीमा

सलोन सालीना फिल्म्स को ब्यानरमा बि एम एच डि टेलिभिजनको प्रस्तुतीमा नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्माताका रुपमा अभिनेता सलोन बस्नेत रहेका छन । साथै बि एम एच डि टेलिभिजनको पनि लगानी रहेको छ ।

सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ,एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना,मनिषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगाएतको अभिनय छ । सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुठाथोकि सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

बि एम एच डि टेलिभिजनले सातै दिन नयाँ नयाँ सिरिजका साथै फिल्महरु प्रसारण गर्दै आएको छ । उक्त्त सिरिज साउन ७ गते बाट प्रत्येक बिहिबार ७ः०० प्रसारण गर्ने छ भने सोही दिन राती ७ः३० बजे बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण हुनेछ ।