केन्द्र मोसन पारसमणि हो, जुन गित पनि हिट हुन्छ: निर्देशक भट्टराई (भिडिओ)

फिमेल भर्सन गीत ‘तिम्रो मनमा ए कान्छा’ सार्वजनिक

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार सार्वजनिक गरिएको छ । शनिबार इन्टरनेट रिलिज भएको केन्द्र मोसन पिक्चर्स अहिले जस्लाई छोए पनि राम्रो हुने लक्की चाम बनेको छ । पारसमणि हो जुन गित पनि हिट हुने गरेका छन् आयोजित पत्रकार कार्यक्रममा निर्देशक प्रदिप भट्टराईले भने ।

केन्द्र मोसन पिक्चर्समा आज सम्म बिस ओटा भिडियो सार्बजनिक भएका छन् जतिपनि गित सार्वजनिक भएकाछन् सबै हिट बन्न सफल भएका छन् । यो भिडियोले पनि अहिले यो समाचार बनाउदाँ सम्म  दुई घण्टामा ९० हजार भियूज पाएको छ । यो गित पनि अरु भिडियो झै कोरो भियूज छिटटै प्राप्त गर्ने सम्भाबना देखिन्छ ।

अभिनेता पल शाह र अभिनेत्री मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार सार्वजनिक गरिएको हो ।

केन्द्र मोसन पिक्चर्सले गुरुपूर्णिमाको अवसरमा आधिकारिक युट्युव च्यानलबाट गीत प्रिमियर गरेको हो । आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता शाहले यो गीत आफ्ना सबै गुरुहरुप्रति समर्पित भएको बताए ।

पछिल्लो समय निकै रुचाइएको पल र मलिकाको जोडी यो डान्सिङ नम्बरमा पनि आकर्षक देखिएको छ । निकिता थापाको स्वर र निमा राईको संगीत रहेको गीतलाई सान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा केविका खत्रीले कोरियोग्राफी गरेकी हुन् ।

पल र मलिकाले यसअघि केन्द्र मोसन पिक्चर्सकै दुई हिट म्युजिक भिडिओ तिमी टाढा भएपनि र फुलबुट्टे सारीमा अभिनय गरेका छन् । यी दुईजनाले उक्त कम्पनीसँग ६ महीनाका लागि अनुबन्धित भएको कुरा पनि प्रकाशमा आएको थियो ।