गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्ग को लेखन एवं ममता गुरुङको आवाज रहेको गीत ‘जति चोट सहेनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ ।

यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ । यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ । भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ ।

यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भन्े बल कुमार मगरले सम्पादन गरेका हुन् । गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन , क्रान्ती , लेखान्त, मेरो प्यारो माइतीघर , रिफ्यूजी , मुर्चुङ्गा , आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।