‘बिग बोस’को होस्ट करन जोहर, सलमानले होस्ट नगर्ने

- मेराेफिल्म

चर्चित रियालिटी शो ‘बिग बोस’को होस्ट परिवर्तन भएको छ । हिन्दूस्तान टाइम्सका अनुसार नयाँ सिजनमा ओटिटीमा प्रशारण हुने बिग बोसको होस्ट बलिउड फिल्म निर्माता करण जोहरले गर्नेछन् ।

सन् २०१० देखि अघिल्लो सिजनसम्म अभिनेता सलमान खानले शो होस्ट गर्दै आएका थिए । तर, आगामी सिजन अर्थात ‘बिग बस ओटिटी’ लाई सलमानले होस्ट नगर्ने भएका हुन् । सलमानले नगर्ने भएसँगै जोहरले होस्ट गर्ने भएका हुन् ।

शनिबार डिजिटल प्लेटफर्म ‘भुट’ले ट्विटरमा ट्विट गर्दै सो जानकारी गराएको हो । नयाँ सिजनमा होस्ट गर्न पाउँदा निकै उत्साहित र खुसी महसुस भएको करण बताउँछन् । भारतीय मिडियासँग कुरा गर्दै उनले आफ्नो आमाको सपना पूरा भएको बताएका छन् ।

बिग बोस ओटिटी डिजिटल प्लेटफर्म ‘भुट’मा प्रशारण हुनेछ । यो बिग बोसको १५ औँ सिजन हो । एजेन्सी

२०७८ साउन १० गते १७:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *