सवारी दुर्घटनामा अभिनेत्री घाइते ,उनको साथीको निधन

अभिनेत्री यशिका आनन्द चडेको गाडी दुर्घटनाभएको छ । दुर्घटनामा उनी घाइते भएकी छन् भने उनको साथीको भने निधन भएको छ । भारतिय मिडियाका अनुसारमा यशिका महाबलीपुरमबाट चेन्नई फर्किदै थिइन् ।

सोही क्रममा उनी चढेको सवारी दुर्घटना भएको हो । उक्त दुर्घटनामा यमी सहित तीन जना गम्भिर घाइते भएका छन् । घाइते सबैलाई नजदीकी अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएका छन् ।

भारतिय प्रहरीका अनुसार तिब्र गतिका कारण उनीहरु चढेको कारको सन्तुलन बिग्रिएर डिभाइजरमा ठोकिएको थियो भने गाडीका सबै मानिस रक्सीको नसामा रहेका थिए । उक्त घटनाका मृत यशिकाको एक साथीको शव पुलिसले पोस्टमार्टमका लागि चन्गलपेट अस्पताल पठाएको छ । यो बिषयमा पुलिसको अनुसन्धान जारी रहेको छ । यशिका तमिल र तेलुगूको चर्चित अभिनेत्री हुन् ।