श्रीमानको बचाउमा यस्तो बयान दिएकी छन् शिल्पाले

श्रीमान् राज कुन्द्राको बचाउ गर्दै अभिनेत्री शिल्पा सेट्टीले आफ्नो श्रीमान निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको खण्डमा सो कुरा बताएकी हुन् ।

प्रहरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छन् भने श्रीमानको कम्पनीबाट समेत राजीनामा दिएकी हुन् । बयानकै क्रममा उनले पोर्न फिल्म बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छन् ।

शिल्पाले प्रहरीसँगको बयानमा श्रीमान् राज कुन्द्राले हटसट्स नामक एपमा पोर्न नभएर इराटिक फिल्म बनाउने गरेको दाबी गरेकी छन् । साथै हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका फिल्म ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बताएकी छन् ।