बुटिक उद्घाटनमा दीवाकर र दीपिका

फिल्म निदेशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले श्री कलेक्सन प्रिमियम बुटिकको उद्घाटन गरेका छन् । शनिवार यो जोडीले धनगढीमा बुटिङको उद्घाटन गरेको हुन् ।
ठूलो लगानीमा खोलिएको बुटिकको उद्घाटन गर्दै आफ्नो गृह जिल्लामा बुटिक उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । उनले उद्घाटनको क्रममा अचेल बुटिकका डिजाइनेबल कपडाहरु मान्छेको नजरमा पर्न थालेको बताईन् ।
बुटिक कविता सिवाकोटीले ७० लाखको लगानीमा यो बुटिक सञ्चालनमा ल्याएकी हुन् । बुटिकमा साडी, ब्लाउज, लेहेंगा, गाउन लगायतका पहिरन सुपथ मुल्यमा पाइने उनले बताइन् ।