सलोनको ‘डाँडा बर पीपल’ छायांकन भदौबाट

निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडा बर पीपल’ को छायांकनको तयारी थालेका छन् । गत चैत दोस्रो साता फिल्म ‘डाँडाको बर पीपल’ को गीत खिच्दै छायांकन सुरु गरेका थिए । तर,अन्य सिन भने खिच्न बाँकी रहेको थियो । त्यसैको भाग खिच्न लागेको निर्देशक बस्नेतले बताए ।

उनले आउँदो भदौ १ गतेबाट छायांकन सुरु गर्न लागेको बताए । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन रहेको छ ।

यस फिल्ममा शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द छ । फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा रहेका शिव र गौरीले करीब २० वर्षपछि एकसाथ काम गरेका हुन् । कोरोनाका कारण दोस्रो पटकको लकडाउनका कारण फिल्म हल बन्द हुँदा निर्माण सकिएका थुप्रै फिल्महरु रिलिजको तयारीमा रहेका छन् ।