सलमानले सुनील शेट्टीकी छोरी अथियासँग मागे माफी

बलिउड सुपरस्टार सलमान खान सुनील शेट्टीकी छोरीसँग हात जोडेर माफी मागेका छन् । हाल भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को कारण यसै शोमा सलमानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका हुन् ।

सलमानले माफी माग्नुपर्ने कारण त्यस्तो ठुलो नभएता पनि आलोचना भइने डरले माफी माग्नु परेको भारतिय मिडियाको भनाई छ । अरबाजको शोमा सलमानले सामाजिक सञ्जालमा अथियालाई ‘फलो’ नगरेको सन्दर्भमा अथियासँग हात जोडेर माफी मागेका हुन् । सलमानले माफी मागेपछि उनले अथियालाई अब ‘फलो’ गर्ने बचन समेत दिएका छन् ।

सलमानले माफी मागपछि सुनिल शेट्टीले पनि उक्त भिडियोमा आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले भनेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन् । उनी जे गर्छन्, मनबाट नै गर्छन् । उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा हो । अथिया र सलमानको बीच पनि निकै गहिरो सम्बन्ध छ । सलमान र अथिया एक अर्कासँग राम्रो सम्बन्धमा छन् । र, माफी एक व्यक्तिका लागि जरुरी कुरा पनि हो ।’