रचनाको ‘मयुरको भालेले’मा एलिनासँग निक्सको रोमान्स

सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको गीत ‘मयुरको भालेले’ सार्वजनिक भएको छ । नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ ।

गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, जस्ता गीतहरु गाईसकेका छन । मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल र योगेन्द्र कार्कीको सम्पादन रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।