‘केजीएफ’ को सिक्वेलको प्रदर्शन अनिश्चित, यस्तो छ कारण

साउथको सुपरहिट फिल्म ‘केजीएफ’ को सिक्वेलको प्रदर्शन अनिश्चित भएको छ । यो फिल्मको प्रदर्शन मिति अनिश्चित हुनुको कारण अभिनेता सञ्जय दत्त रहेको भारतिय निर्माण पक्षले जनाएको छ ।

हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको र सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी हुँदा सञ्जय दत्तले यसमा साथ नदिएका कारण समस्या भएको हो ।

साउथमा पछिल्लो समय निकै अपेक्षित गरिएको फिल्म ‘केजीएफ २’ सञ्जय दत्तको करिअरको सबैभन्दा ठूलो फिल्म भनिएको छ । जुन ५ अलग–अलग भाषामा निर्माण भएको हो । यस फिल्ममा उनले खलनायक अधीराको भूमिका निभाएका छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् । यो फिल्ममा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिँदैछिन् । यश र श्रीनिधीका अलवा रवीना टण्डन,सञ्जय दत्त लगायतको अभिनय रहने छ ।