सरकारले १० वटा मौलिक फिल्ममा लगानी गर्ने

नेपाल सरकारले १० मौलिक फिल्म निर्माणमा लगानी गर्ने भएको छ । चलचित्र विकास बोर्डले एक सुचना प्रकाशन गर्दै मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो ।

बोर्डले जारी गरेको सूचनामा यो आर्थिक वर्ष ०७८÷०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भएको हो । सुचनामा भनिए अनुसार सरकारले पाँच फिचर र पाँच छोटो फिल्ममा लगानी गर्नेछ । देशमा भएका मौलिक तथा कलात्मकका साथै सस्कृति झल्कने कथामा निर्माण हुने फिल्म निर्माणमा सहयोग गर्दै फिल्मकर्मीलाई प्रोत्साहित स्वरुप चलचित्र विकास बोर्डले लगानीमा सहयोग गर्ने अध्यक्ष दयाराम दाहालले बताए ।

त्यसैको खोजिमा नै गत वर्ष स्टोरी बैंक समेत स्थापना गरिएको उनको भनाई छ । विस्तारै बोर्डले वर्षमा १२ वटा मौलिक तथा सास्कृतिक लगायतका फिल्ममा लगानी गर्ने अध्यक्ष दाहालले बताए ।
बोर्डका अनुसार फिल्ममा लाग्ने केहि रकम नेपाल सरकारले व्यहोर्ने बताएका छन् । लगानीको केहि भाग बोर्डको हुनेछ । कथा अनुसार फिल्म निर्माण भए नभएको अनुगमन पनि बोर्डका तर्फबाट हुने अध्यक्ष दाहाले बताए । उनले भने,‘स्टोरी बैकमा प्राप्त भएको र उत्कृष्ट भएको कथालाई बिकास बोर्डले लगानी गर्छ तर त्यहि अनुरुपको फिल्म बन्दै छ कि छैन भनेर बोर्डबाट अनुगमन हुने गर्छ । त्यो कथा अनुरुपको फिल्म नबनेको खण्डमा भने फिल्मले पैसा पाउने छैन ।
अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनौट भइसकेका छन् । ति फिल्म निर्माणको चरणमा रहेका छन् ।