‘सुपर डान्सर ४’को निर्णायकमा के गर्लिन् शिल्पामा

श्रीमान पोर्न काण्डमा मुछिएपछि बलिउड अभिनेत्री शिल्पा सेट्टी तनावमा रहेकी छन् । पोर्न फिल्म छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा श्रीमान राज पक्राउ परेपछि अहिले उनी अर्को तनावमा फसेकी हुन् ।

शिल्पा ‘सुपर डान्सर ४’को निर्णायक भुमिकामा बस्दै आएकोमा अव भने के गर्लिन भन्ने कुरा छ । यो लोकप्रिय रियालिटी शोमा शिल्पा राज पक्राउ परेपछि उपस्थित नभएपछि अहिले उनका फ्यानहरु निराश समेत बनेको भारतिय मिडियाले जनाएका छन् । त्यस कारण शिल्पाको सट्टामा शोका निर्माताले नयाँ निर्णायक खोजेका छन् ।

नयाँ निर्णायकमा अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजालाई अतिथी निर्णायकको रुपमा अनुवन्धित गरिएको छ भने गीता कपूर र अनुराग बासु मु्ख्य निर्णायकको रुपमा रहनेछन् ।