शाहरुख खानको फिल्म‘पठान’मा दीपिकाको इन्ट्री

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’मा अभिनेत्री दीपिका पादुकोणको इन्ट्री भएको छ । फिल्मको लामो समयदेखि चर्चा हुँदै आएकोमा अहिले फेरि यो फिल्मको हल्ला चलेको छ । यस फिल्ममा दीपिकाको एक्सन दर्शकले देख्न पाउनेछन् ।

निर्माण पक्षका अनुसार फिल्ममा दीपिले अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । उनको यसमा हलिउड स्टाइलको एक्सन देख्न पाइने छ ।
अहिले यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ छ भने अभिनेत्रीले यसका लागि कडा मिहिनेत गरिरहेको समाचार बाहिरिएको छ ।
निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भुमिकामा देखिनेछन् । फिल्मको रिलिज मिती भने तय भएको छैन ।