गोबिन्द चापागाईको ‘रातो सारीले’

गायक तथा सर्जक गोबिन्द चापागाई र रुपा वडाको नयाँ तीज गीत ‘रातो सारीले’ सार्बजनिक भएको छ ।  घनश्याम रिजालको युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा लय रिजालकै रहेको छ । श्रीमतीलाई यो बर्ष कोरोनाको कारण रानीहार, नयाँ सारी किन्न नसकिएको र पोहोरकै सारीले टारिएको कुरा गीतमा सुन्न र हेर्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो होम गुरुङले निर्देशन गरेका हुन् भने एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । डिजिटल स्टारमा रेकर्ड भएको गीतमा गणेश सापकोटाको छायंकन, सुबास अम्गाईको सम्पादन, सबिन गुरुङको कोरियोग्राफी, राजकुमार गुरुङ र बिपना कुवरको श्रृङ्गार रहेको छ । ममता आधिकारी र बिष्णु भुजेलले गीतमा अभिनय गरेका छन् ।