‘नदेखिएको जात’ पछि ‘श्रृंगार’मा अनुबन्धित भए अमृत

सानै देखि कलाकारिताको क्षेत्रमा रमाउन चाहने धनगडीका अमृत थापा निर्माणधिन चलचित्र ‘श्रृंगार’ अनुबन्ध भएका छन् । म्युजिक भिडियोमा देखिदै आइरहेका अमृत थापाको श्रंगार पहिलो चलचित्र हो ।

सौखिन कलाकार थापालाई सिने जगतमा चकलेटी नायकको रुपमा स्थापित हुने चाहना रहेको छ । आशा लाग्दो नायकको रुपमा हेरिएका थापा भन्छन् ‘नेपाली सिनेमाको क्षेत्रमा केही गर्नु छ र भविष्यमा पनि यसै क्षेत्रमा लागिरहने छु ।’

पर्यटन प्रबध्दनमा आधारित बिषयवस्तुमा निर्माण हुने ‘श्रृंगार’ फिल्मलाई बेद प्रसाद भुर्तेलले निर्देशन गर्ने भएका छन् । भुर्तेलव्दारा निर्देशित अघिल्लो चलचित्र ‘नदेखिएको जात’ प्रदर्शनको पर्खाइमा रहेको छ ।