माइकलले मागे नेपालका लागि कोरोनाविरुद्धको खोप

- मेराेफिल्म

कोरोनाका कारण नेपालमा कोरोना संक्रमित बढिरहेको अवस्था विदेशी कलाकारहरुले नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्न आग्रह गरिरहेका छन् । हालै विश्व प्रख्यात हास्यकलाकार माइकल पालिनले पनि नेपाललाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन बेलायत सरकारलाई आग्रह गरेका छन् ।
उनले र एमनेस्टी इन्टरनेसनलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो डोज अस्ट्राजेनेका खोप लगाएका १४ लाख नेपाली नागरिकलाई दोस्रो डोज आवश्यक भएकाले उपलब्ध गराउन माग गरेका छन् । उनले नेपालमा कोरोना महामारीको धेरै जोखिम भएको र चाँडो भन्दा चाँडो नेपाललाई खोप उपलब्ध गराई नेपालीको ज्यान बचाउन आग्रह गरेका छन् ।

उनले लेखेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल भ्रमणका क्रममा धेरै मान्छे भेटेपछि मैले लाखौं मानिसहरु महामारीको जोखिममा रहेको देखेँ’ उनले भनेका छन्, ‘म बेलायत सरकारलाई जतिसक्दो चाँडो कोभिडको खोप उपलब्ध गराउन आग्रह गर्न चाहन्छु ।’

त्यस्तै, एमनेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डले बेलायतले नेपाललाई कोरोना बिरुद्धको खोप अति आवश्यक भएको भन्दै सरकारसँग खोप दिन माग गरेका छन् । उनले बेलायतका जनताले ५० प्रतिशतलाई खोप लगाइसकेको र नेपालले ५ प्रतिशतलाई पनि खोप लगाउन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । यस्तो अवस्थामा नेपाललाई तत्काल खोप आपूर्ति गर्न उनले माग गरेका छन् ।

 

२०७८ साउन १३ गते १४:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *