धुर्मुस् सुन्तलीको ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् भने फिल्ममा बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाउन खोजिएको छ ।

यस फिल्मको लेखन र निर्देशन समेत धुर्मुस–सुन्तली आफैले गरेका छन् । भने फिल्ममा सीताराम र कुञ्जनाका अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने भनिएको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन, स्वेत्ना योञ्जनले कोरियोग्राफी गरेका छन् । यस अघि यहि टिमले फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।