शर्लिनको बयानमा कुन्द्रामाथि सेक्सूअल ह्यारेसमेन्टको आरोप

- मेराेफिल्म

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेपछि उनी निकट मान्छेसँग प्रहरीले बयान लिइरहेको छ । यहि बयान लिनेक्रममा प्रहरीले अभिनेत्री तथा मोडल शार्लिन चोपडासँग पनि लिएको छ ।

अभिनेत्री शर्लिन बयान दिनका लागि मुम्बई क्राइम ब्रान्च पुगेकी हुन् । उनले बयान दिनेक्रममा राज कुन्द्रामाथिसेक्सूअल ह्यारेसमेन्टको आरोप समेत लगाएकी छन् । यसक्रमा राजकुन्द्रा श्रीमती राजकुन्द्रासँग खुसी नभएको कुरा बयानमा भनेकी छन् ।

बयानका क्रमा उनले राज एक विवाहित पुरुष भएकाले पनि सम्बन्ध राख्न नसक्ने जवाफ दिएको शर्लिनले बयानको क्रममा बताएकी छन् । उनले बयानमा क्रममा राज र शिल्पाको बारेमा नयाँ रहस्य खोलेकी छन् । सुमधुर सम्बन्ध रहेको तर्क गरिरहेका बेला शर्लिनले उनीहरुको सम्बन्धका बारेमा नयाँ कुरा बाहिर ल्याएकी छन् ।

राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय तनावमा रहने गरेको बताउने गरेको खुलासा गरेकी छन् । अहिले राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । साथै, उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ ।

शर्लिनले आफ्नो बयानमा क्रममा सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङका क्रममा भएको बहसलाई लिएर विना जानकारी राज उनको घरमा पुगेको र राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको बयानकाक्रममा आरोप लगाएकी छन् । राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरुले आफुमाथि भएको शोषणका बारेमा मुख खोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल फिल्म बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, अभिनेत्री तथा मोडल शर्लिन चोपडाले भने कुन्द्रामाथि सेक्सूअल ह्यारेसमेन्ट गरेको आरोप लगाएकी छन् ।

२०७८ साउन १४ गते १४:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *