तमिल ‘थडम’ को हिन्दी रिमेक निर्माण हुने

- मेराेफिल्म

तमिल फिल्म ‘थडम’ को हिन्दी रिमेक निर्माण हुने भएको छ । यस रिमेक फिल्मका लागि अभिनेता आदित्य रोय कपूरलाई लिड रोलमा छनोट गरिएको छ । उनको यस फिल्ममा दोहोरो भूमिका हुने निर्माणपक्षले जानकारी दिएको छ । यस फिल्मलाई डेब्यूटेन्ट वर्धनको निर्देशनमा बन्न लागेको हो ।

अभिनेता आदित्यले यस फिल्ममा अनुबन्धित भएपछि हालै एक अन्तर्वार्तामा फिल्म‘थडम’ को हिन्दी रिमेक भएको खुलासा गरेका छन् । उनले यो फिल्ममा काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । उनले स्टोरी सुनेपछि निकै प्रेरित र उत्साहित भएको अन्तरबार्ताकाक्रममा भनेका छन् । उनले यसको पहिलो फिल्म हेरेको र यसको ओरिजिनल फिल्म निकै इन्टरटेनिङ र रोचक रहेको बताएका छन् ।

जसले दर्शकमा आफ्नो गहिरो प्रभाव छाडेको थियो । त्यसैको रिमेकमा काम गर्न पाउँदा आफ्नो अहो भाग्य भनेका छन् । यस फिल्मलाई टि–सिरिजका भूषण कुमार र मुराद खेतानीले संयुक्त रुपमा निर्माण गर्दैछन् । आदित्यका अनुसार यस फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरबाट सुरु गरिने छ । यसका कुन कुन कलाकारले अभिनय गर्दैछन् भन्ने कुरा खुलाइएको छैन । यसको बारेमा अन्य कलाकार तथा अभिनेत्रीको बारेमा केहि दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

यस अघिको फिल्म ‘थडम’ मा अरुण विजय, विद्या र तान्या होपे मुख्य भूमिकामा थिए । यो फिल्म एक मर्डरको अनुसन्धानमा आधारितमा निर्माण भएको थियो । तर रिमेकमा कस्तो कथामा रहने हो भन्ने बारे खुलाइएको छैन । फिल्म ‘थडम’ सन् २०१९ मा रिलिज भएको थियो ।

२०७८ साउन १५ गते १०:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *