शिल्पा शेट्टीले हालिन् २९ मिडियाकर्मीमाथि मुद्धा

- मेराेफिल्म

बलिउड अभिनेत्री शिल्पा शेट्टीले २९ मिडियाकर्मी तथा मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । उनले पत्रकार तथा मिडियाले झूठो रिपोर्टिङ गरेको आरोप लगाउँदै मुद्धा दायर गरेकी हुन् ।

उनले आफ्नो छवि समेत पत्रकारले बिगारिदिएको आरोप शेट्टीको छ । शिल्पाका श्रीमान राज कुन्द्रा अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा फेसेपछि शिल्पालाई जोडेर समाचार बाहिर आइरहेका छन् ।

हरेक विषयमा आफुँसँग पत्रकार र मिडियाले जोडेर आफ्नो छवि बिगारेको शिल्पाको भनाई छ । भारतिय मिडियाले शिल्पाका उनका पती राजकुन्द्रासँग जोडेर समाचार प्रकाशित गरिरहेका छन् ।

 

२०७८ साउन १५ गते १६:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *