रामकृष्ण र बेनिशाको ‘नयाँ जीवन’मा प्रकाश र मोनिका

- मेराेफिल्म

गायक रामकृष्ण ढकालद्वारा स्वरबद्ध नयाँ गीत ‘नयाँ जीवन’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

यस गीतको गायनमा गायक रामकृष्णलाई बेनिशा पौडेले साथ दिएकी छन् । दीपक शर्माद्वारा संगीतबद्ध गीतको भिडियो सहित सार्वजनिक गरिएको थियो । गीतको भिडियोमा प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी र कृष्णले अभिनय गरेका छन् ।

पत्रकार सम्मेलनमा गीतको बारेमा बोल्दै यसगीतका मोडल तथा अभिनेता प्रकाश सपुतले आफू बाल्यकालदेखि नै रामकृष्ण ढकालको फ्यान रहेको र अहिले उहाँकै गीतमा अभिनय गर्न पाउनु आफ्नो अहो भाग्यको कुरा भएको बताए । गायक ढकालले पनि गीतको बारेमा प्रष्ट पारेका थिए ।
यो गीतमा कथा वाचन शैलीमा निर्माण गरिएको छ । दाम्पत्य जीवनमा आउने उतारचढाव र प्रेमलाई गीतको भिडियोमा चित्रण गरिएको छ । पुषोत्तम सुवेदीले एरेन्जको गीतको भिडियोलाई बिक्रम स्वाँरले निर्देशन गरेका छन् ।

 

 

 

२०७८ साउन १५ गते १७:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *