‘द भ्वाइस अफ नेपाल सिजन ३’को विजेता को बन्ला ?

- मेराेफिल्म

शुक्रबार भएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को सेमिफाइनलमा चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । उक्त सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् । शोमा निकै कडा प्रतिष्पर्धामा सिक्किमका रवि गहतराज बाहिरिएपछि टप चार जना विजेताको लागि प्रतिष्पर्धामा उत्रिएका छन् ।

फाइनलका लागि कोच प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् छन् भने दीपको टिमबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । दर्शकको भोट,एसएमएसका साथै अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत आयोजकले बनाएको थियो ।

चारै कोचबाट छानिएका चार जना प्रतिष्पर्धीहरुले आजको एपिसोडमा फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार अर्थात साउन २३ गते ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् । जसका लागि अहिले ‘द भ्वाइस अफ नेपाल’प्रति दर्शकको चासो बढेको देखिन्छ । भ्वाइस अफ नेपाल सिजन ३ को विजेता को बन्ला भनेर दर्शक तथा स्रोतामा उत्सुकता जागेको देखिन्छ । आ–आफ्नो प्रतिष्पर्धीको समर्थनमा अहिले सामाजिक सञ्जालमा युवाहरु भोट मागिरहेका छन् ।

२०७८ साउन १६ गते ९:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *