‘सम्झिने पानी छम्किने’ भन्दै आए भुवन र दीपाश्री

कोभिड –१९ का कारण फिल्म क्षेत्र ठप्प जस्तै छन् । फिल्म क्षेत्र चलायमान नहुँदा पुराना तथा नयाँ पुस्ताका कलाकारहरु म्युजिक भिडियोमा आकर्षित हुन थालेका छन् ।

अभिनेता भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीजको गीत ‘सम्झिने पानी छम्किने’मा अभिनय गरेका छन् । हिजो काठमाडौमा पत्रकार सम्मेलन मार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा भुवन,दीपाश्रीलाई जोडी बाँधिएको छ भने आकाश स्वस्तिमालाई पनि जोडीको रुपमा देख्न सकिन्छ । सम्राट चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट चौलागाइँले कम्पोज गरेका हुन् । भिडियोलाई नृत्य निर्देशन विक्रम स्वाँरले गरेका छन् भने सम्पादन बिर बहादुर थापाले गरेका छन् ।