शिल्पाको समर्थनमा ऋचा : पुरुषले गल्ती गर्दा महिलालाई किन दोष ?

बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम जोडेर समाचार आएपछि उनले दुुइ दर्जन भन्दा बढि मिडिया तथा मिडियाकर्मी विरुद्ध उजुरी हालेकी थिइन् । उनले श्रीमान् राज कुन्द्रासँग नाम जोडेर आफ्नो मानहानी गरेको भन्दै ति मिडिया विरुद्ध हालेकी थिइन तर, अदालतले मानहानी नभएको भनेको थियो ।
पोर्नग्राफीको आरोपमा पक्राउ परेका शिल्पाका श्रीमान राज कुन्द्रा केहि दिन देखि प्रहरी हिरासतमा रहेका छन् । उनी पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल बन्नुका साथै तथानाम गाली आइरहेका छन् ।
यसरी ट्रोल र गाली आइरहेको र श्रीमानका कारण आफुले अपमान हुनु परेको कुरा बोल्दा उनको सुनुवाई नभएपछि उनको समर्थनमा कलाकारहरु लागि परेका छन् ।
शिल्पाको समर्थनमा अभिनेत्री ऋचा चड्डाले पुरुषले गल्ती गर्दा महिलालाई समेत दोष लगाएको आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत पुरुषको दोष महिलासँग नजोड्न आग्रह गरेकी छन् ।

उनले लेखेकी छिन,‘जब कुनै पुरुषले गल्ती गर्छन्, हामी उक्त पुरुषलाई दोषी देख्नुको साटो उसँग जोडिएकी महिलालाई जिम्मेवार ठान्छौं । शिल्पाले यस्ता मानिसहरुको विरुद्धमा मुद्दा दायर गरेको खबर सुनेर निकै खुशी लागेको छ ।’ त्यस्तै अन्य कलाकारले उनको भनाईमा समर्थन जनाएका छन् भने बलिउडका कलाकारलाई दुख्दा सबैले साथ दिनुपर्ने बताएका छन् ।