उत्तम निरौलाको दाेस्राे कृति ‘सखिला’ सार्वजनिक

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ सार्वजनिक भएको छ ।

वरिष्ठ साहित्यकार पद्मावती सिंहले शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरेकी हुन् । यो उपन्यास सत्य घटनामा आधारित छ । यसमा नेपाली महिलाले भोग्नुपरेका विभिन्न सामाजिक पाटाहरूको विषय समावेश गरिएको छ ।

साहित्यकार सिंहले नेपाली नारीहरूको पीडा बारेमा स्रष्टाले कलम चलाउनु नारीहरूका निम्ति गौरवको विषय भन्दै लेखकलाई धन्यवाद दिएकी छिन् । प्रस्तुत उपन्यास निराैलाकाे दाेस्राे कृति हाे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरूले भोग्दै आएको उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरूका निम्ति गौरवको विषय भएको उल्लेख गरिन् । ‘सखिला’ तथा दृष्टिकोण परिवारद्वारा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगानालगायतको उपस्थिति थियो । ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगाना लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

‘सखिला’हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।