निफ चौंथो संस्करणको विजेतालाई अवार्ड वितरण

पाँचौं निफको आवेदन खुल्ला

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को चौथो संस्करणका विजेतालाई अवार्ड वितरण गरिएको छ।

आइतबार एक कार्यक्रम आयोजना गरी अवार्ड वितरण गरिएको हो। उत्कृष्ठ फिचर फिल्मतर्फको अवार्ड हात पारेको फिल्म ‘आमा खाँन्डो’लाई पुरस्कार प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विजेतालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए।

उत्कृष्ट नेसनल फिचर फिल्ममा फल्म ‘आमा खाँन्डो’ले एक लाख नगद पुरस्कार पायो। यस्तै उत्कृष्ट पेन्डामिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’का गणेश पाण्डेले ५० हजार रुपैयाँ प्राप्त गरे। सर्ट फिल्ममा राजेशप्रसाद खत्रीको ‘अ स्केयरक्रो’ले पनि नगद पचास हजार प्राप्त गर्यो।

वेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको हो ।

यसैगरी उत्कृष्ट सिनेमाटोग्राफी लाटो कोसेरोबाट शिरिष गुरुङ, उत्कृष्ट स्क्रिनप्ले सरिता स् टेल मी हु एम आईका सेर्गियो बासो, उत्कृष्ट अभिनेत्री लाटो कोसेरोबाट सरिता गिरी, उत्कृष्ट अभिनेता लाटो कोसेरोकै नवीन शिल्पकारलाई पुरस्कार प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण नेपाली फल्म क्षेत्र गम्भीर अवस्था रहेको भन्दै यस क्षेत्रलाई पुनस् चलायमान बनाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए।

कोरोना महामारीका कारण भर्चुअल रुपमा गत वैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो । भच्र्यूल रुपमा भएको कारण पुरस्कार वितरण हुनसकेको थिएन । तर, कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण समारोह सरकारी पोर्टोकलको पालना गर्दै सीमित ब्यक्तिहरुको उपस्थितिमा भएको हो ।

निफका संयोजक केपी पाठकले चौथो संस्करणका विजयी फिल्मकर्मीहरूलाई बधाइ दिँदै अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइरहेको महोत्सवमा सकारात्मक सहभागिताका लागि आग्रह गरेका थिए। कोरोना महामारीका कारण महोत्सव भर्चुअल रुपमा गत बैशाख २३ देखि २७ सम्म आयोजना गरिएको थियो। निफको पाँचौं संस्करणको आवेदन पनि खुला गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फल्मकर्मीहरूले आगामी मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। २०७८ माघ ११ मा छनोट भएका फल्महरूको घोषणा गरिनेछ। निफको पाँचाैं संस्करण २०७८ चैत १० देखि १४ (२०२२ मार्च १०देखि १४ मार्च) गतेसम्म  हुनेछ ।

‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करणको आवेदन खुला गरिएको औपचारिक रुपमा घोषणा गरिएको छ ।

www.niff.org.npor filmfreeway.com/niff2022 बाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पुस १० (डिसेम्बेर २५, २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ (जनवरी २५, २०२२) गतेमा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ ।