गीत चोरेको आरोपमा भारतिय संगीतकार मलिक ट्रोल

बेला बेलामा नेपालका संगीतकार तथा गायकलाई गीत चोरीको आरोप लाग्ने गरेको छ । कहिले बलिउड ,हलिउड तथा कोरियन गीत चोरेको आरोप लाग्दै गाएका नेपाली संगीतकार तथा गायकलाई लाग्दै आएको छ ।तर, आज भने बलिउडका चर्चित संगीतकार अनु मलिक गीत चोरेको आरोपमा सामाजिक सञ्जालमा ट्रोल बनेका छन् ।

हालै जापानको राजधानी टोकियोमा ओलम्पिक खेलमा इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । राष्ट्रिय गीत बजाइदै गर्दा भारतीयहरुले अनु मलिकको एउटा गीत सम्झिए ।

अनु मलिकले संगीत भरेको फिल्म ‘दिलजले’को ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ को गीतमा मेल खाएपछि सबैले मलिकलाई संझिएका हुन् । खेलाडीको सम्मानका लागि इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजाउँदा अधिकांश भारतीयहरुले मलिकलाइृ ट्रोल बनाउन भ्याइसकेका थिए ।
संगीतकार मलिकलाई यो भन्दा अघि पनि एउटा गीत चोरेको आरोप लागेको थियो । उनले संगीत भरेका ‘राजाको रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली काली आँखे, तारे हे बाराती चाँदनी, हारे हारे हारे’ बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो । यस पटक भने उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार हुनु परेको छ ।