श्रृंखला र सिसनको एयरपोर्टमा छल्किएको प्रेम (फोटो फिचर)

पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै उनी अमेरिका हानिएकी हुन् ।

अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला अमेरिका गएकी हुन् ।

श्रृंखलालाई बिदाई गर्न एयरपोर्टमा उनका प्रेमी सिसन बानियाँ र परिवारका केही सदस्य पुगेका थिए । सिसन र परिवारले उनलाई शुभकामना दिए र मुस्कान साटासाट गरे ।

एयरपोर्टमा समेत श्रृंखला र सिसनको प्रेम छचल्किएको देखिन्थ्यो । सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भने । श्रृंखला मिस नेपाल भएदेखि नै सिसन र श्रृंखलाको प्रेमको पालुवा पलाएको थियो ।

सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भनेका हुन । न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् ।

श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।

खासमा अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला त्यता गएकी हुन् । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले थप अध्ययनका लागि भन्दै अमेरिका गएकी हुन् ।

उनले केही समय अघि मात्रै नेपालमा गाथा नामक कम्पनी संचालनमा ल्याएकी थिइन् ।

Photo by. :  Prakash Bhusal