शरण शर्माको अनटाइटल फिल्ममा राजकुमार र जान्हवी

अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर नयाँ फिल्ममा जोडीका रुपमा देखिने भएका छन् । यो फिल्मलाई शरण शर्माले निर्देशन गर्नेछन् भने फिल्मको नाम राखिएको छैन् । नाम सार्वजनिक नगरिएको फिल्ममा भने यि दुइ कलाकार अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक शर्माले यसअघि फिल्म ‘गुन्जन सक्सेना’ को निर्देशन गरेका थिए । अभिनेता राजकुमार र जान्हवीले यसै वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको हरर–कमेडी फिल्म ‘रूही अफ्जा’मा सँगै अभिनय गरेका थिए । यो जोडीलाई दर्शकले रुचाएपछि निर्देशक शर्माले आफ्नो फिल्ममा अनुबन्धित गरेका हुन् ।

यो अनटाइटल फिल्ममा जान्हवी र राजकुमार दुवैले क्रिकेटरको भूमिकामा देखिदैछन् । निर्माण पक्षका अनुसार जान्हवी कपूर फिल्म ‘हेलन’ को सुटिङ सकिएपछि यो फिल्ममा काम गर्दैछिन् ।